अध्यादेश फिर्ता गर्न राष्ट्रिय युवा संघको माग

काठमाडौं, २६ मंसिर । सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्न सहज हुने गरी ल्याएको अध्यादेश फिर्ता गर्न राष्ट्रिय युवा संघ, नेपालले आग्रह गरेको छ ।
षड्यन्त्रका साथ अध्यादेश ल्याइएको भन्दै त्यसलाई तत्काल फिर्ता गर्न समेत माग गरिएको छ ।
राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष विरण पैडेलले एक विज्ञप्ति जारी गर्दै जनहित विपरीत ल्याइएको अध्यादेश फिर्ता नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


