काठमाडौं, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा भएको निर्वाचनको चुनावी खर्च बुझाएका छन् ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो खर्च १८ लाख ८२ हजार भएको विवरण बुझाएका हुन् ।

उनले प्रचारप्रसाद सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापनालगायतका शीर्षकमा यो खर्च भएको निर्वाचन आयोगको कार्यालयमा बुझाएका हुन् ।