सोमबारबाट निर्वाचन आचारसंहिता खारेज

काठमाडौं, २६ मंसिर । निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता खारेज गरेको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट खारेज गरिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ मंसिर २६ गतेदेखि लागू नरहने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा जानकारी गराइएको छ । निर्वाचन आचारसंहिता गत १२ असोजदेखि मुलुकभर लागू गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


