काठमाडौं, २५ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सोमबारदेखि लागू नरहने निर्णय गरेको छ ।

आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता सोमबारदेखि खारेज गरेको हो ।

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।