फिलिपिन्समा बाढीले यात्रुबाहक कार बगाउँदा ८ जनाको मृत्यु

एजेन्सी, २५ मंसिर । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा ५ वर्षीया बालिकासहित ८ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तनय शहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो । स्थानीय समयअनुसार शनिबार २५ जना यात्रु बोकेको जीपनी उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो ।
तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने सात जना ६० वर्ष नाघेको र एक जना घाइते भएको उनले बताए ।
लामो समतल यात्री जीपनीहरू फिलिपिन्समा सार्वजनिक यातायातको सबैभन्दा लोकप्रिय माध्यम हो । यी प्रतिष्ठित गाडीहरू दोस्रो विश्वयुद्धदेखि फिलिपिन्सको सडकमा गुडिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


