जर्सीको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा ३ जनाको मृत्यु

एजेन्सी, २५ मंसिर । जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा एक दर्जन बेपत्ता भएका छन् ।
सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै घटनाबारे जनाएको हो । स्थानीय समयअनुसार बिहान ४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिएको थियो ।
राज्यका जर्सी प्रहरीका प्रमुख अधिकारी रोबिन स्मिथले घटनाबारे प्रहरीलाई खबर गरेपछि आपतकालीन सेवाहरूले घटनास्थलमा पुगेर उद्धार कार्य अगाडि बढाएको जानकारी दिए । उक्त तीन तले भवन ‘पूर्ण रूपमा भत्किएको’ र वरपरको दृष्य हृदयविदारक देखिएको थियो ।
बेपत्ताको खोजी र उद्धार कार्य तीव्र बनाइएको स्मिथले बताएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


