काठमाडौं, २४ मंसिर । नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने मधेस प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय समितिले ४ जनाको टुंगो लगाएको हो ।

मधेसी महिला
माला कर्ण (सप्तरी)
सुनिता यादव (धनुषा)

दलित
शारदा पहाडी (धनुषा)

मुस्लिम
रजी हैदर (महोत्तरी)

यसअघि प्रत्यक्षबाट नेकपा माओवादी केन्द्रले ४ सिट जितेको छ । महोत्तरी–१ (ख) बाट भरत प्रसाद साह, सर्लाही–४ (ख) बाट फकिरा महतो, रौतहट–४ (क) बाट युवराज भट्टराई र पर्सा–१ (क) बाट रहबर अंसारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।