नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभाका लागि समानुपातिक सांसदको टुंगो लगायो

काठमाडौं, २४ मंसिर । नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभाका लागि समानुपातिक सांसदहरू टुंगो लगाएको छ ।
शनिबार पार्टीले विभिन्न प्रदेशका सांसदहरू टुंगो लगाएको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम नवनिर्वाचित प्रदेशसभा सांसद लक्ष्मणकिशोर थारूले जानकारी दिएका हुन् ।
जसमा सुदूरपश्चिम प्रदेशका लागि कैलालीबाट दामोदर पण्डित र सुनिता चौधरीलाई सांसद बनाउने निर्णय गरेको छ ।
मधेस प्रदेशमा बाराबाट रामचन्द्र चौधरी, लुम्बिनी प्रदेशमा बाँकेकी नोरीकुमारी चौधरी र निर्मला चौधरी र रुपन्देहीबाट कुमारी चौधरीको नाम टुंगो लागेको हो ।
प्रदेशसभामा प्रत्यक्षतर्फ नागरिक उन्मुक्ती पार्टीले लुम्बिनी प्रदेशमा दुई सिट र सुदूरपश्चिम प्रदेशमा ५ सिट जितेको छ ।
१२ महिना अघि रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा तर्फ ३ र एक सिट स्वतन्त्र गरी ४ सिट जितेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


