नेपाल समाजवादीले समानुपातिक सांसदको नाम आयोगमा पठायो

काठमाडौं, २४ मंसिर । नेपाल समाजवादी पार्टीले समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाएको छ ।
दुई दिनसम्म बसेको केन्द्रीय पदाधिकारीको बैठकले निर्वाचनको समिक्षा र वर्तमान राजनीतिबारे छलफल गर्दै समानुपातिक सांसदहरूको नाम निर्वाचन आयोगमा पठाएको हो ।
मधेसबाट प्रतिनिधित्व हुने गरी समानुपातिक तर्फ उमरावती यादवलाई प्रतिनिधिसभामा पठाउने पनि निर्णय गरेको हो । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले यस निर्वाचनमा एकल चुनाव चिन्ह लिएको थियो । त्यसअनुसार यादवलाई माओवादी केन्द्रले समानुपातिक सांसद बनाएको हो ।
लुम्बिनी प्रदेशमा समानुपातिक प्रणाली तर्फबाट राजु नेपालीलाई प्रदेश सभामा पठाउने निर्णय पनि बैठकले गरेको छ ।
नेसपाका उम्मेदवार मध्ये सर्लाही–२ मा प्रतिनिधिसभा सदस्यमा महिन्द्र राय यादव विजयी भएका हुन् । त्यस्तै प्रदेशसभामा सिन्धुलीमा गंगा श्रेष्ठ र गोरखामा फणीन्द्र देवकोटा विजयी भएका छन् ।
साथै पार्टीको आगामी कार्ययोजना, रणनीति र पार्टी एकताबारे निर्णय गर्न पौस १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय पनि भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


