एमालेले घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निकाल्यो

काठमाडौं, २४ मंसिर । नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले उनीहरूलाई पार्टीबाट हटाइएको हो ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।
भुसालले पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए भने साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पार्टीविरुद्ध काम गरेको पाइएपछि केन्द्रीय सदस्यहरु उपेन्द्र साह (रौतहट), कुन्दन कुसवाह (रौतहट), रामप्रित राम (सिरहा), बद्री न्यौपाने (सर्लाही), रिता साह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी (महोत्तरी)लाई पदबाट हटाउने सचिवालय बैठकले निर्णय गरेको गुरुङले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


