एमालेले सबै प्रदेशका समानुपातिक सांसदको नाम टुंगो लगायो

काठमाडौं, २४ मंसिर । नेकपा एमालेले सबै प्रदेशका समानुपातिक सांसदको नाम पनि टुंगो लगाएको छ ।
शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद टुंगो लगाएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदुरपश्चिमा ७ सांसद पाएको छ । सोही सिट अनुसार नाम पनि टुंगो लगाएको हो ।
प्रदेश १ : तारादेवी ढकाल, निरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, मिना श्रेष्ठ, सिर्जना राई, मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेगम, नम्मरलाल धिमाल, ललिताकुमारी चौधरी र शिलादिक्षित कार्की।
मधेस प्रदेश : पलटीदेवी महरा, फुलुकुमारी देवी, विनादेवी शर्मा, शिला यादव, जयचन्द्रप्रसाद पटेल, मञ्जुकुमारी थापा, पोल्टीदेवी यादव र नाजिमा खातुन ।
बागमती : हरिप्रसाद सापकोटा, विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी, उर्मिला सुनार, आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ, ठुला थामी, बालकुमारी विश्वकर्मा, भारतीकुमारी पाठक, अप्सरा चापागाई, मायाकुमारी कार्की र डा. दिनेशचन्द्र देवकोटा ।
गण्डकी : देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल, लिलाबहादुर थापा, नन्दकला दमाई, गोविन्दबहादुर नेपाली र यसोदा रिमाल ।
लुम्बिनी : गिरिधारीलाल, सरिता पुन, यमुना रोका, सिता चौधरी, भगवतीकुमारी थरुनी, इन्द्रकुमारी गहतराज, रेखाकुमार शर्मा, शान्ति लोहर, सायरा वानु, जानकी न्यौपाने र बसन्ती न्यौपाने ।
कर्णाली प्रदेश : दक्षिणा शाही, तुलसा मल्ल, कलबहादुर हमाल, नन्दा गुरुङ र गन्त विक ।
सुदूरपश्चिम : निर्मलादेवी साउद, राजेन्द्र सिंह रावल, धर्मराज पाठक, हिरा सार्की, कोइलीदेवी चौधरी, सन्तोषी कुमारी शर्मा थापा र जानकी बम ऐर ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


