समानुपातिक सांसद छान्न जसपाले बोलायो बैठक

काठमाडौं, २३ मंसिर । जनता समाजवादी पार्टी नेपालले समानुपातिक सांसद छान्न बैठक बोलाएको छ ।
जसपाले शनिबार बिहान बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिएका हुन् ।
‘शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको छ । समानुपातिक तर्फका सांसदबारे निर्णयका लागि बैठक बोलाइएको हो’, प्रचार विभाग प्रमुख बस्नेतको भनाइ छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


