चोलेन्द्रमाथिको महाभियोग निष्प्रभावी हुँदैन : राष्ट्रिय जनमोर्चा

काठमाडौं, २३ मंसिर । राष्ट्रिय जनमोर्चाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाभियोग निष्प्रभावी हुन नसक्ने बताएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै जबरामाथिको महाभियोग प्रस्तावमा संघीय संसदका महासचिवले क्लिन चिट दिँदै सर्वोच्च अदालतलाई पठाएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘छानबिनको प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा प्रस्तुत नगरी त्यसमाथि कुनै छलफल नै नगरी महाभियोग निष्प्रभावी गर्न मिल्दैन’जनमोर्चाले भनेको छ, ‘जनप्रतिनिधिहरूको अधिकार अतिक्रमण गरी गरिएको निर्णयको हाम्रो दलले विरोध गर्दै त्यसको भर्त्सना गर्दछ ।’
साथै जनमोर्चाले चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाभियोगलाई निष्प्रभावी पार्ने संघीय संसद सचिवालयको कार्यका विरुद्ध सर्वोच्च अदालतको फूल बेञ्च र नेपाल वार एशोसियसनले गरेको निर्णयप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


