नेकपा एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं, २३ मंसिर । समानुपातिक सांसद चयन गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।
एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । उसले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको नाम पठाउन दलहरूलाई निर्देशन दिइसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


