एजेन्सी, २२ मंसिर । उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ ।

थाइल्याण्ड, म्यानमार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’ नजिकै लामो समयदेखि तस्करीको अखडाका रुपमा रहेको उक्त विवाद भएको हो ।

उत्तरी च्याङ माई प्रान्तमा गस्ती गरिरहेका निगरानी अधिकारीहरूले म्यान्मारको दिशाबाट हिँडिरहेका करिब २० जनालाई भेटेको छ वटा सीमा प्रान्तको अनुगमन गर्ने फा मुआङ टास्क फोर्सका एक अधिकारीले बताए ।

अनुसनधानका लागि रोकिन आदेश दिएपछि समूहका सदस्यले गोली चलाएको र सैनिकले जवाफी फायरिङ गर्दा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घटनास्थलबाट ३० बोरा लागुऔषध बरामद गरिएको अधिकारीले बताएका छन् ।

दक्षिण पूर्वी एसियाका अधिकारीहरूले हालैका वर्षहरूमा उच्च पैमानामा मेथ (मेथाम्फेटामाइन) बरामद गरेका छन् ।