कांग्रेस नेता निधि र नेपालका लागि स्वीस राजदूत क्यापिलरबीच भेटवार्ता

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ ।
निधि निवास बानेश्वरमा बिहीबार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन र संविधान कार्यान्वयनको अवस्थालगायतका विषयमा कुराकानी भएको थियो ।
स्वीस राजदूत एलिजावेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताइन् । कांग्रेस नेता निधिले संघीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।
भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ता आउन तयार भएको तर त्यसका लागि लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिइन् ।
निधिले अल्पविकसितको सूचीबाट माथि जाने तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको सहयोगका लागि आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


