काठमाडौं, २२ मंसिर । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । समानुपातिकततर्फको सांसद छनोट गर्न एमालेले शुक्रबार सचिवालय बैठक बोलाएको हो ।

एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै आगामी २४ गतेसम्म समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।