सवारी दुर्घटनामा देशभर २ हजार ८८३ जनाको मृत्यु

काठमाडौं, २२ मंसिर । आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनामा देशभर २ हजार ८८३ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परी ७ हजार २८२ जना घाइते भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
आयोगको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा गत वर्ष २४ हजार ५३८ वटा सवारी दुर्घटना भएका थिए ।
दुर्घटनाको मुख्य कारण पुराना सवारी साधनको प्रयोग, सवारी साधनको भार बहन क्षमताभन्दा बढी यात्रु आदि रहेका आयोगले उल्लेख गरेको छ ।
दुर्घटनाका अन्य कारणहरूमा कमजोर र गुणस्तरहीन सडक, बिना मापदण्ड सडक निर्माण, चालकको लापरबाही, जनचेतनाको कमीलगायतले दुर्घटना बढिरहेको प्रतिवेदनमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


