धनुषा–३ मा भएको पराजय बारे लोसपाले समीक्षा थाल्यो

जनकपुरधाम, २१ मंसिर । मंसिर ४ गते सम्पन्न निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा भएको पराजयका बारेमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समीक्षा थालेको छ ।
समीक्षाका लागि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि जनकपुरधाम पुगेका हुन् ।
२०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिल कुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए ।
तर धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुबैजना पराजित भए । नेता झालाई एमालेकी जुली महतोले पराजित गरेकी हुन् भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पराजित गरेका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्ने बारेमा समीक्षा भइरहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


