काठमाडौं, २१ मंसिर । भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । राजदूत श्रीवास्तव बुधबार बिहानै ओली भेट्न बालकोट पुगेका थिए ।

ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको बताइएको छ । ओलीले सचिवालय बैठक रोकेर श्रीवास्तवसँग भेटवार्ता गरेका थिए ।

श्रीवास्तवले निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग २ पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटिसकेका छन् ।

नयाँ सरकार गठनको रस्साकस्सी चल्दै गर्दा बढेको भारतीय राजदूतको दौडधूपबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । नेपालका अधिकांश राजनीतिक परिवर्तनमा चासो लिँदै आएको भारतको अहिलेको दौडधूप खासै नौलो भने होइन ।