एजेन्सी, २१ मंसिर । दिल्ली नगर निगम (एमसिडी)मा आमआदमी पार्टी (आप)ले बहुमत प्राप्त गरेको छ ।

पछिल्लो चुनावी परिणामसँगै १५ वर्षदेखि सत्तामा रहेको भारतीय जनता पार्टी सत्ताबाट बाहिरिएको छ ।

२५० सिटमध्ये आपले १३४ सिटमा विजय हासिल गरेको छ भने कांग्रेस आईले नौ र अन्य दलले तीन सिट प्राप्त गरेका छन् ।

चुनावी परिणाम सार्वजनिक भए लगत्तै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीका जनतालाई बधाई दिएका छन् । उनले कामका लागि केन्द्र सरकारको पनि सहयोग चाहिने र प्रधानमन्त्रीको पनि आशीर्वाद चाहिने बताएका छन् ।