चोलेन्द्रलाई सर्वोच्चमा प्रवेश गर्न नदिन निर्देशन

काठमाडौं, २१ मंसिर । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
जबरा बालुवाटारबाट आएर सर्वोच्चमा प्रवेश गर्न खोजे रोक्न भनी गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सर्वोच्च अदालत क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई चोलेन्द्रलाई रोक्न सर्कुलर पठाएको छ ।
बुधबार मात्र संघीय संसद्का महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । राणाको उक्त तयारीसँगै कानुन व्यवसायीहरूले सर्वोच्चमा धर्ना दिएका छन् ।
गत फागुन १ मा २१ बुँदे आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाभियोग दर्ता गराएका थिए ।
बुधबार संसद सचिवालयको पत्र पाएलगत्तै चोलेन्द्र हाजिरी गर्न सर्वोच्च जाने तयारीमा थिए । कानुन व्यवसायीको धर्नाका कारण उनी सर्वाेच्च जान सकेनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


