देउवालाई संसदीय दलमा सहयोग गर्ने शशांकको भनाइ

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नवनिर्वाचित सांसद डा. शशांक कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलमा सहयोग गर्ने वचन दिएका छन् । मंगलबार देउवालाई भेटेर कोइरालाले संसदीय दलमा सहयोग गर्ने वचन दिएका हुन् ।
देउवाले सहयोग मागेपछि आफूले सधैँ सहयोग गर्दै आएको कोइरालाले जवाफ दिएका थिए । गठबन्धनको निरन्तरताका लागि कांग्रेसमा देउवाभन्दा अर्को उपयुक्त पात्र नभएको उनको भनाइ छ ।
देउवासँगको भेटमा आफूले मन्त्री हुनुपर्छ भनेको र यसमा उनी सकारात्मक रहेको शशांकले बताए । कोइरालाले आफूलाई कृषि मन्त्री भएर काम गर्ने इच्छा भएको बताए ।
शशांकले शेखर कोइराला दाइ भए पनि अहिले संसदीय दलको नेतामा उपयुक्त पात्र शेरबहादुर देउवा नै रहेको बताए । संसदीय दलको नेतामा उठ्ने भनेर चर्चामा रहेका महामन्त्री गगन थापालाई दलको नेता बन्न् गाह्रो रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


