काठमाडौं, २१ मंसिर । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि लगाइएको महाअभियोग अहिले नै निस्क्रिय नभएको बताएका छन् ।

उनले यो विषयमा अबको नयाँ संसदमा छलफल हुनेसमेत बताएका हुन् ।

महाअभियोग संसदको सम्पत्ति भएकोले यो विषयमा अबको संसदमा छलफल हुने उनले बताएका छन् । उनले संसद सचिवालयका महासचिवले चोलेन्द्रविरुद्धको महाअभियोग निस्क्रिय रहेको पत्र पठाए पनि त्यो मान्य नहुने बताएका छन् ।

‘महाअभियोग संसदको सम्पत्ति हो,’ मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा उनले भने, ‘यो संसदको सम्पत्ति भएकाले यसबारे छलफल गरेर निर्णयमा पुग्छौँ ।’