वीरगञ्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते

पर्सा, २१ मंसिर । वीरगञ्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका–१४ मा टिपरको ठक्करबाट स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते बालकलाई उपचारका लागि चितवन पठाइएको छ । ना ३ ख ७४ २३ नम्बरको टिपरले हिजो बेलुकी ७ बजे बालकलाई ठक्कर दिएको थियो ।
टिपर चालक फरार रहेकाले खोजी भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


