काठमाडौं, २० मंसिर । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

सप्तरीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित अध्यक्ष राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले बताए ।

केही दिनयता राजनीतिक भेटवार्तामा लागेका राउतले प्रमुख दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरिसकेका छन् ।