काठमाडौं, २० मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा एकजना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२३ जनाको नमुना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा १४ जना संक्रमणमुक्त भएका छन् ।

देशभर कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । हाल सक्रिय संक्रमितको संख्या घटेर ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८५ हजार ८१२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कोरोना महामारी सुरु भएका यता नेपालमा पीसीआर विधिबाट १० लाख ९१२ तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २१३ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ९ लाख ८८ हजार ८१४ जना संक्रमणमुक्त भएका छन् भने १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।