सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति

काठमाडौं, १९ मंसिर । सोमबार बसेको सत्ता गठबन्धनको बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको छ ।
बैठकले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
पहिलो दल बनेको कांग्रेसले सत्ता समीकरणकै विषयमा छलफल गर्न आज गठबन्धन दलहरूको बैठक डाकेको हो । बैठकमा कांग्रेस नेताहरूले माओवादी केन्द्रको पदाधिकारी बैठकले अन्य विकल्पमा पनि छलफल गर्ने निर्णय गरे शंका उत्पन्न भएको बताएका थिए ।
बैठकमा कांग्रेसबाट वरिष्ठ नेता पौडेल, पार्टी उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।
त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दााहल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल सहभागी थिए भने जनमोर्चाबाट दुर्गा पौडेल सहभागी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


