काठमाडौं, १९ मंसिर । सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत २५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् ।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको अभियोगमा उनीमाथि जरिवाना गर्ने निर्णय गरेको थियो ।

मन्त्री चौधरी दाङ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । चौधरीले निर्वाचन परिणाम आए लगत्तै आयोग समक्ष जरिवाना बुझाएका हुन् ।