विराटनगर, १८ मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्यको कोर्ष सकिएको बताएका छन् ।

आइतबार दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले चुनावसँगै नेकपा एमालेसँग आफ्नो दलको सहकार्य सकिएको बताएका हुन् ।

अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने यादवले बताए । उनले भने, ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्ष सकिएको छ ।’

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसँग पराजित भएका थिए ।