जनमत पार्टीले कांग्रेसको नेतृत्वलाई साथ दिने

काठमाडौं, १७ मंसिर । डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले नेपाली कांग्रेसको नेतृत्वलाई साथ दिने भएको छ ।
अब बन्ने सरकारमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुनसक्ने अनुमान बाहिर आएको हो ।
राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफूले साथ दिने बताएको नेपाली कांग्रेसका एक नेताले बताए ।
जनमत पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सिट जितेको छ । यो पार्टीले समानुपातिकमा पनि थ्रेसहोल्ड कटाइसकेको छ । यसबाट कम्तिमा अब ४ जना सांसद समानुपातिक प्रणालीबाट आउने छन् ।
राउतले बिहीबार नै देउवालाई सत्ता गठबन्धनमा बस्न आफू तयार भएको जवाफ दिएको स्रोतले जनाएको छ । उनले त्यही दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


