काठमाडौं, १७ मंसिर । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको हो ।

बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने बताए ।माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनको सबै विकल्प खुल्ला रहेको उनले सुनाए ।

पछिल्लो निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको विश्लेषण गर्दै माओवादीले यस्तो निर्णय गरेको हो ।