काठमाडौं, १७ मंसिर । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताएका छन् ।

शनिबार जुम्लाबाट काठमाडौं पुगेका शाहीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमसिसी र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताएका हुन् ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए ।

उनले भने, ‘अब ठूलाठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भने पनि कठघरामा उभ्याउनेछु ।’