पर्सा, १७ मंसिर । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् ।

बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा उनीहरूलाई २०५ किलोको माला लगाइदिएका हुन् ।

मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न घरदैलोमा छन् । सोही क्रममा बहुअरीमा स्थानीयले स्वागत र सम्मान गरेको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए ।