प्रचण्ड प्रधानमन्त्री भए देशको कल्याण हुन्छ : मातृका यादव

काठमाडौं, १७ मंसिर । नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले गठबन्धनकै कारण मधेसमा माओवादी कमजोर भएको दाबी गरेका छन् ।
शनिबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता यादवले मधेसमा गठबन्धन नफापेको बताए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए देशको कल्याण हुने बताउँदै उनले सत्ता गठबन्धनबाट हुने भएकाले अरू कसैको काँधमा चढ्नु नपर्ने बताए ।
प्रचण्डमा प्रधानमन्त्री बन्ने क्षमता भएको उल्लेख गर्दै यादवले भने, ‘अहिले त्यो परिस्थिति बन्दै छ र गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नु पर्दैन ।’
यादवले केपी ओलीको नेतृत्व रहेसम्म एमालेसँग मिल्न जानु राम्रो नहुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


