महोत्तरी, १७ मंसिर । महोत्तरीमा नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–५ महरा खोल्सी पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारीको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।