दोषीलाई कारवाही गर्न मधेशी आयोगको माग

काठमाडौं, १५ मंसिर । मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा सम्प्रेषण भएको भिडियोप्रति मधेशी आयोगले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
सो आपत्तिजनक भिडियोलाई लिएर मधेसका केही अगुवाले आयोगमा उजुरी गरेपछि दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका स्वकीय सचिव दिपेन्द्रकुमार कर्णका अनुसार आयोगले भिडियोमा बोल्ने तथा भिडियो निर्माणकर्ता बारे छानविन गरी कारबाहीको माग गर्दै प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ ।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिहरूले मेयर बालेन शाह र मधेशी समुदायलाई होच्याउने र अपमानजनक शब्द प्रयोग भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ ।
अध्यक्ष डा.दत्तले समाजमा चेतनास्तर अझै पनि नबढेकोले मधेशी समुदायले समय–समयमा यस्ता विभेदपूर्ण कुराहरूको सामना गर्नु परिरहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


