काठमाडौं, १५ मंसिर । सुनसरीको निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

उनी ३० हजार ४८३ मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

कार्कीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।

उनीहरूबीचको मतान्तर ११२ मत रहेको छ ।