कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्छ : शेखर कोइराला

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।
विराटनगरस्थित निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धनबाट कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।
उक्त सरकारको नेतृत्व कुन नेताले गर्ने भन्ने विषयमा आन्तरिक छलफलपछि मात्र थाहा हुने बताए । कांग्रेसभित्रै आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका छन् ।
कांग्रेसकोे संसदीय दलको नेता को भन्ने चासो आमचासो छ । उनले कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमा भने उनले केही खुलाएनन् ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहसहितका नेता दलको नेता बन्ने दौडमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


