काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेल जान सक्ने बताएका छन् ।

लामिछानेसँग विदेशी नागरिकता कायमै रहेको अवस्थामा झुटा विवरण पेस गरी चुनाव लडेकाले उनी जेल जाने देवकोटाले ठोकुवा गरेका हुन् ।

कानुन व्यवसायीसमेत रहेका देवकोटाले नेपाली नागरिक नभएको व्यक्ति सांसद बन्न नसक्ने कानुनी व्यवस्था रहेको बताए । राज्यले यसबारे छानबिन गरी तत्काल रविविरुद्ध मुद्दा दायर गर्नुपर्ने उनले बताए ।

आमनिर्वाचनमा नेकपा माओवादी केन्द्रले पाएको जनमतको बारेमा छिट्टै पार्टीले समीक्षा गर्ने उनले बताए ।