जसपाद्वारा हारको कारण पहिल्याउन सुरु गरियो

काठमाडौं, १४ मंसिर । जनता समाजवादी पार्टी नेपालले हालै सम्पन्न निर्वाचनमा भएको हारको कारण खोज्न सुरु गरेको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनमा जम्मा ७ सिट जितेको जसपाले हारको कारण पहिल्याउन सुरु गरेको हो ।
जसपाले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन भनेको छ ।
जसपा र नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो । प्रत्यक्षमा ७ सिट जितेको जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भने हार व्यहोरेका छन् ।
अध्यक्ष यादवले प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई पत्र लेखेर जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठक राख्न भनेका छन् ।
निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई समेत राखेर विश्लेषणात्मक समीक्षा गरेर त्यसको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन अध्यक्ष यादवले निर्देशन दिएका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


