१६५ मध्ये १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ अहिलेसम्म १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १६५ मध्ये अब ४ क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले २५ हजार ९४४ प्राप्त गरेका छन् ।
कार्कीलाई पछ्याइरहेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६२२ मत ल्याएका छन् । दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै सुरु हुन सकेको छैन ।
अहिलेसम्म १६१ ठाउँमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाका उम्मेदवार ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जित हात पारेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


