काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्म १ करोडभन्दा बढी मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार बुधबार बिहानसम्म १ करोड १ लाख ७१ हजार २७३ मतगणना भएको हो ।

समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ । उसले २७ लाख २० हजार ६३९ मत प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९० मत ल्याएको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४४३ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २४५ मत प्राप्त गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार २७५, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार ९६४, जनमत पार्टीले ३ लाख ७६ हजार १९९ र नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९० हजार १९६ मत प्राप्त गरेका छन् ।

उता, नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३६, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४९ हजार ८३२, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ८३३, हाम्रो नेपाली पार्टीले ५४ हजार १२२ मत पाएका छन् ।