धनुषा ४ बाट एमाले सचिव महासेठ निर्वाचित, कांग्रेस सहमहामन्त्री पराजित

जनकपुरधाम, १३ मंसिर । धनुषा ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ १२४ मतान्तरले निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका हुन्।
महासेठले ३२ हजार २३६मत ल्याए भने यादवले ३२ हजार ११२ मत प्राप्त गरे।
महासेठले २०७४ को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए। त्यसबेलासमेत यादव निकटम प्रतिद्वन्द्वी बनेका थिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


