बारा, ११ मंसिर । बाराको निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई १५१ किलोको माला लगाएर सम्मान गरिएको छ ।

नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयबासिले १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गएका उनीहरुलाई विश्रामपुर गाउँपालिका वडा नम्बर–४ को बलिरामपुरका बासिन्दाले १५१ किलोको माला लगाइदिएका थिए ।

४ मंसिरमा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ, बारा क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपा नेता सोनल बारा क्षेत्र नम्बर–४(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसअघि नै अन्तिम मतपरिणाम आएको भएपनि मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री सोनलको स्वास्थ्य अवस्था बिग्रिएपछि विजय जुलुस समेत निकालेका थिएनन् ।