समानुपातिकमा पाँच दलले कटाए थ्रेसहोल्ड

काठमाडौं, ११ मंसिर । समानुपातिक निर्वाचन पद्धतितर्फ नेकपा एमाले २४ लाख २९ हजार ५५ मतका साथ पहिलो, नेपाली कांग्रेस २३ लाख ९ हजार ६९२ मतका साथ दोस्रो हुँदा माओवादी केन्द्र १० लाख ८ हजार ७२० मतका साथ तेस्रो स्थानमा छ ।
आइतबार अपराह्नसम्म ८८ लाख २८ हजार ४७३ मत गणना हुँदा दलहरूले सो संख्यामा मत पाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख ९० हजार ९९९ मतका साथ चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ८७४ मत पाएको छ ।
छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २ हजार ३९६ मत पाएको छ भने नेकपा एकीकृत समाजवादी २ लाख ३७ हजार २९५ मतका साथ सातौँ स्थानमा छ ।
जनमत पार्टीले २ लाख ३७ हजार १०८, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १३३, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ८६४ मत पाएका छन् ।
थ्रेसहोल्ड कटाउनका लागि सवा तीन लाखहाराहारी मत चाहिने देखिन्छ । पाचौँ स्थानमा रहेका दलहरूले थ्रेसहोल्ड कट्ने निश्चितजस्तै छ । छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी र सातौँ स्थानमा रहेको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउने सम्भावना कम छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


