जनकपुरधाम, ११ मंसिर । धनुषा क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन् । अहिलेसम्म यादवले २२ हजार ८७७ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले अहिलेसम्म २२ हजार ४० मत पाएका छन् । यादव र महासेठमा ८३७ मतको मतान्तर छ ।

मतगणना एक ठाउँमा मात्र भइरहेकाले सोमबार बिहानसम्म मात्र अन्तिम परिणाम आउने बताइएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा ८० हजार मत खसेको बताइएको छ ।