महोत्तरी, ११ मंसिर । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर-१ मा एमाले-जसपा गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो विजयी भएका छन् ।

महतोले पाँचदलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले हराउँदै प्रतिनिधिसभामा विजयी भएका हुन् ।

महतोले २३ हजार ४०२ मत प्राप्त गर्दा माओवादीका उपमहासचिवसमेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याए ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार पोषण बहादुर थापाले ७ हजार ८१२ मत पाएका हुन् ।