जनकपुरधाम, ११ मंसिर । प्रदेशसभा अन्तर्गत महोत्तरी–१ (क) मा नेकपा एमालेकी उम्मेदवार शारदा देवी थापा निर्वाचित भएकी छन् ।

थापाले ८ हजार ३०४ मत ल्याई विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार पिताम्बर महतोलाई ७१९ मतान्तरले पराजित गरेकी छन् ।

पराजित महतोले ७ हजार ५८५ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार फाल्गुन कुमार सुसलिङ्गले ४ हजार ५०२ मत प्राप्त गरे ।