लोसपाका नगर अध्यक्ष चौधरीले दिए राजीनामा

जनकपुरधाम, १० मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जनकपुरधाम नगर अध्यक्ष मनोज चौधरीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका छन् ।
चौधरीले भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनुषा क्षेत्र नं. ३ र ३ को (ख) मा पार्टीको उम्मेदवार पराजित भएको अवस्थालाई आफूले पार्टीको नगर अध्यक्षको हैसियतले पराजय भएको कमी कमजोरीलाई अरूलाई दोष लगाउनु भन्दा पनि स्वयं नैतिकरूपमा स्वीकार गर्दै क्षमा याचनासहित राजीनामा दिएका हुन् ।
उनले आफूले आजैको मितिदेखी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनकपुरधाम उप-महानगरपालिकाको नगर कमिटीको अध्यक्ष पदबाट राजीनामा गर्नुका साथै पार्टीको साधारण सदस्यबाट समेत आफ्नो स्वेच्छाले राजीनामा दिएको बताएका छन् ।
२०७९ को स्थानीय निकायको निर्वाचनमा चौधरीले जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखको टिकट पाएर चुनाव लड्दा पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


